काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा ९३ महिला र १३९ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ व्यक्ति संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here