यी ५ लक्षण जसले संकेत गर्छ की तपाईंको स्वास्थ्यमा कुनै समस्या छ

काठमाडौं । स्वस्थ र तन्दुरुस्त शरिर हरेक मानिसको चाहना हुन्छ । तर, शरिरलाई स्वस्थ राख्नको लागि खानपान र अन्य कार्यमा पनि विशेष ध्यान दिनुपर्छ ।

धेरैजसो मानिसहरु आफ्नो स्वास्थ्यको विषयमा तबमात्रै ध्यान दिन्छन् जब कुनै स्वास्थ्यसम्बन्धी समस्या हुन्छ । कतिपय अवस्थामा हाम्रो शरिरले देखाउने कुनै लक्षणले शरिर पुर्ण रुपमा स्वस्थ छैन् भन्ने कुरालाई संकेत गरिरहेको हुन्छ । आउनुस थाहा पाउ ति के के हुन्ः

छाला सम्बन्धी समस्या

तपाईंको छालामा देखिएका समस्याले स्वास्थ्य सम्बन्धी समस्याको बारेमा संकेत गरिरहेको हुन्छ । अनुहारको छालामा देखिने समस्याले जीवनशैली, निन्द्रा, पाचन प्रक्रिया र खानपानमा हुने कमजोरीलाई संकेत गर्छ । यसले तपाईंको जीवनशैलीमा परिवर्तन गर्नपर्छ भन्ने कुरालाई संकेत गर्छ ।

आँखा सफा नहुँनु

आँखामा चमक नहुने समस्या विभिन्न प्रकारका समस्याको संकेत गरिरहेको हुन्छ । सेतो आँखाले स्वस्थ आँखाको परिचय दिन्छ भने रातो वा पहेलो आँखाले विभिन्न प्रकारका समस्याको संकेत गर्छ ।

नङको रंग र बनावट

नङको आकार बनावट र रंगको आधारमा स्वास्थ्यको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । नङ पहेलो भएको अवस्थामा शरिरमा रक्तसञ्चार पुर्ण रुपमा भएको छैन् भन्ने कुराको संकेत गर्छ । यसको अलवा कतिपय अवस्थामा कम गुणस्तरको नङ पोलिसको कारण पनि यस्ता समस्या हुन सक्छ । तपाईंको नङको आकार सहि तरिकाले बढेको छैन् भने यसमा पोषक तत्वको कमी पनि हुन् सक्छ ।

पिसाबको रंग

तपाईंको पिसाबको रंगले पनि तपाईंको शरिर स्वस्थ छैन् भन्ने कुराको संकेत गरिरहेको हुन्छ । यदी तपाईंका पिसाबको रंग धेरै गाढा र पिसाबबाट गन्ध पनि आउछ भने यसले ठूलो स्वास्थ्य समस्यालाईसंकेत गरिरहेको हुन्छ ।

सधैं थकाई लाग्नु

निन्द्रा पूरा नहुनु र धेरै काम गर्नुको कारणले धेरै थकाईको महशुस हुन्छ । यसको अलवा आइरनको कमी, शारिरीक व्यायम नगर्नु साथै धेरै मात्रामा गुलिया खानेकुरा खानुले पनि थकाईको महशुस गराउछ । यदी तपाईंलाई पनि धेरै मात्रामा थकाईको महशुस हुन्छ भने यस्तो संकेतलाई ध्यान दिन आवश्यक छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here