इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नुपर्ने

काठमाडौं, २३ पुस । कोरोना माहामारीको बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले नि:शुल्क गरिएको इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोगमा शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोगमा शुल्क लिन सक्ने व्यवस्था गरेको हो ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बै‌ंकिङ् शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगमा शुल्क नलिन निर्देशन दिएको थियो ।

त्यसैले पनि सेवाग्राहीहरुले निशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका थिए ।

अब भने बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बापत पूर्व जानाकारी गराएर इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको सेवा बापतको शुल्क लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here