युवा कलाकार दीपक कुँवरलाई क्यान सिन्देल आर्ट पुरस्कार

काठमाडौं । युवा कलाकार दीपक कुँवर आज काठमाडौँमा सम्मानित भएका छन् । नेपाल व्यावसायिक कलाकार संघले आयोजना गरेको राष्ट्रिय विभूति कलाकार अरानिको स्मृति दिवसका अवसरमा कलाकार कुँवरलाई नगद दश हजार सहित क्यान सिन्देल आर्ट पुरस्कार २०७७ प्रदान गरिएको छ ।

लामो समय देखि कलाकारिता, कला लेखनमा पुर्‍यएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल व्यावसायिक संघले पुरस्कृत गरेको छ ।

क्यान पेन्टिङ्ग कक्षाका प्रसिक्षक समेत रहेका कुँवरको “चित्रकला सैद्दान्तिक र व्यवहारिक ज्ञान” नामक पुस्तक नेपाली कला क्षेत्रमा सबैभन्दा बढी मन पराइएको पुस्तक हो ।

कलाका विद्यार्थीहरुको लागि ज्यादै उपयोगी उक्त पुस्तक कक्षा ११ का विद्यार्थीहरुका लागि कोर्ष बुकको रुपमा कतिपय कलेजले पठन पाठन गर्दै आएका छन् ।

नेपाल व्यावसायिक कलाकार संघले क्लासिक भेन्यू सानेपामा आयोजना गरेको उक्त कार्यक्रममा कलाकार कुँवर सहित एक दर्जन कलाकार पुरस्कृत र सम्मानित भएका छन् ।

सो अवसरमा सम्मानित अन्य कलाकार हरुमा हेम गंगा युवा कला पुरस्कार कान्छा काजी भासिमालाई, हेम गंगा नारी प्रतिभा पुरस्कार सुश्री भद्र कुमारी घलेलाई, क्यान आईडियल व्यावसायिक कला अवार्ड अग्नी राज पौडेललाई, अमात्य कला पुरस्कार कृष्ण प्रकाश शाहलाई, सुरेन्द्र प्रधान दीर्घ कला साधना सम्मान वरिष्ठ कलाकार कृष्ण गोपाल रञ्जितलाई, मुल्मी ग्राफिक डिजाइन अवार्ड कृष्ण गोपाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

निर्वाण कला सम्मान २०७७ मा सुनसरीका विक्रम श्रीलाई, क्यान सिग्देल आर्ट पुरस्कार कलाकार एवं कला लेखक दीपक कुँवर क्षेत्रीलाई, बालकृष्ण स्मृति कला पुरस्कार कलाकार दामोदार बराललाई र क्रोध कला शिरोमणी परम्परागत कला पुरस्कार मूर्तिकार श्याम दास (अशान्त) लाई प्रदान गरिएको छ ।

साथै संघले सो अरनिको स्मृति दिवसको अवसरमा अग्रज कलाकार गोविन्द नारायण ज्यापु र समाज सेवी एवं रक्तदाता प्रेम सागर कर्माचार्य र हाल अमेरिकामा कला साधना र कलाकार राजेन्द्र के.सी.लाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here