काठमाडौं, २३ पुस । काठमाडौं उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १११ महिला र १४० पुरुष रहेका छन् ।
योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्।