शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले पुस २५ गते शनिवार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

त्यस्तै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि शनिवार समेत खुला राख्न राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले त्यस दिन नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि आरटिजिएस प्रणाली समेत संचालन हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here