टेस्ला कम्पनीको शेयर ६ प्रतिशत बढेसंगै संसारकै धनी बने एलन मस्क

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् ।

बिहिबार टेस्ला कम्पनीको शेयर मूल्य ६ प्रतिशत बढेसंगै मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनी स्पेस एक्स कम्पनीका संस्थापक समेत हुन् ।

बिहिबार टेस्लाको शेयर मूल्य ६ प्रतिशत बढेसंगै मस्कको कुल सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुगेको छ । यो रकम बेजोसको कुल सम्पत्तिभन्दा ३ अर्ब डलर बढी हो । बेजोसको कुल सम्पत्ति १ सय ८८ अर्ब अमेरिकी डलर छ ।

यसको साथै धनाढ्यको तेस्रो स्थानमा रहेका बिल गेट्सको कुल सम्पत्ति १ सय ३२ अर्ब डलर छ ।

मस्कको सम्पत्ति सन् २०२० मा मात्रै १४० अर्ब डलर बढेको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here