‘हेमबहादुर मल्ल सम्मान’ डा. गौरी शंकरलाललाई दिने घोषणा

काठमाडौं । दुई लाख राशी सहितको हेमबहादुर मल्ल सम्मान २०७५ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल जन प्रशासन संघद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित कार्यक्रम माझ सो घोषणा गरिएको हो ।

सो अवसरमा नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्ण हरि बास्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत छनौट समितीको सिफारिसका आधारमा दासलाई सो सम्मानबाट विभुसित गर्ने निर्णय लिईएको बताए ।

‘राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्तो उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७५ का लागि डा. गौरी शंकर लाल दासलाई सर्वाधिक योग्य ठहर गरिएको हो’ ।

उक्त सम्मान गौरी शंकर लाल दासलाई नै किन ? भन्ने बारेमा स्पस्ट पार्दै अध्यक्ष बाँस्कोटाले भने ।साथै पुर्व मन्त्री एवम् सचिव माधव पौडेल संयोजकत्वमा गठित पाँच सदस्यिय छनौट समितीले दासलाई छनौटमा पर्नेहरु मध्ये सर्वोकृष्ट ठहर गरेको पनि अध्यक्ष बाँस्कोटाले जानकारी दिए ।

सो अवसर माझ बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनका पुर्व महाप्रबन्धक हेम बहादुर मल्ल एक कुशल व्यवस्थापक भएको स्मरण गर्दै उनको स्‍मृतिमा राष्ट्र सेवामा समर्पित प्रशासक एवम् व्यवस्थापकहरुलाई सम्मान गर्ने पुनित कार्यमा जोडन पाएकामा कर्पोरेशन परिवारले गर्व महशुश गर्दै आएको धारणा राखिन ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हेम बहादुर मल्लको पदचापलाई नेपालको प्रशासनिक एवम् समग्र व्यवस्थापनको क्षेत्रले सिको गर्न सकेको खण्डमा सुशासन र विकास कार्यमा टेवा मिल्ने आशय व्यक्त गरिन । साथै उनले कर्पोरेशनले हालका दिनहरुमा जनउत्तरदायी भूमिका निर्वाह गर्ने क्रममा उपभोग्य अधिकारलाई प्रत्याभुत गर्न कर्तव्यनिस्ठ भएर लाग्दै आएको पनि स्पस्ट पारिन् ।

यस अघि हेमबहादुर मल्ल सम्मानबाट विभुसित हुनेहरुमा केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा. दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ र सुन्दुक रूइत छन् । यो सोह्रौ सम्मान समर्पण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here