प्रधानमन्त्री कप महिला क्रिकेटः डेब्यूमै प्रभाव छाडेका ५ खेलाडी

काठमाडौं । यस पटकको प्रधानमनत्री कप महिला क्रिकेटको उपाधी प्रदेश १ ले जित्यो । प्रदेश १ ले फाइनलमा विभागीय टोली एपीएफ क्लबलाई हराउदै उपाधी जित्यो ।

कोरोना कहरका बिच सञ्चालन भएको प्रतियोगितामा विभिन्न प्रकारका अनौठा क्रियाकलापहरु भए । यस पटकको प्रतियोगितामा केही खेलाडीले राम्रो प्रभाव छाडे । जसमध्ये डेब्यू खेलमै प्रभाव छाडेका ५ खेलाडीहरु निम्न छन् ।

१. जोत्स्निका मरासिनी

गण्डकी प्रदेशबाट क्रिकेट खेलेकी १३ वर्षिया मध्यगतिकी बलर जोत्स्निका मरासिनीले प्रतियोगितामा सबैको मन जित्नुका साथै राम्रो छाप छोडिन् ।

जम्मा १३ वर्षकी जोत्स्निकाले प्रतियोगिताभर तीन खेल खेलिन् । उनले तीन खेलमा १० ओभर बलिङ गर्दै ४५ रन खर्चेर १ विकेट लिइन ।

पुस १४ गते कर्णाली विरुद्ध डेब्यू गरेकी जोत्स्निकाले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिएकी थिइन, भने ब्याटिङतर्फ १४ बलको सामना गर्दै ६ रन जोडकी थिइन ।

२. सुस्मिता भुषाल

लुम्बिनी प्रदेशबाट यसपटक प्रधानमन्त्री कप महिला क्रिकेटमा डेब्यू गरेकी रुपन्देहीकी १४ वर्षिया मध्य गतिकी बलर सुस्मिता भुषालले प्रतियोगिताभर ४ खेल खेलिन् । उनले ४ खेलमा ११ ओभर भलिङ गर्दै २ ओभर मेडेन राखेर ३१ रन खर्चेदै ३ विकेट लिइन ।

डेब्यू खेलमै प्रदेश २ विरुद्ध सुस्मिताले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिएकी थिइन भने कर्णालीविरुद्ध ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चेकी थिइन ।

३. विन्दा कटुवाल

बागमती प्रदेशको टिमबाट डेब्यू गरेकी १८ वर्षिया युवा खेलाडी विन्दा कटुवालले राम्रो व्याटिङ गर्दै राम्रो छाप छोडिन् ।

विन्दाले प्रतियोगिताभर जम्मा २ खेल खेलिन् । उनले दुई खेलमा ४५ रन बनाइन् । उनको सर्वाधिक रन गण्डकी प्रदेश विरुद्धको ३८ रन थियो ।

४. निशा पराजुली

कर्णाली प्रदेशबाट डेब्यू गरेकी १३ वर्षिया स्पिनर निशा पराजुलीले प्रतियोगिता भर ३ खेल खेलिन् । उनले ३ खेलमा कुल ८ ओभर बलिङ गर्दै ५० रन खर्चेर ३ विकेट लिएकी थिइन ।

५. सना प्रविन

९प्रदेश २ बाट डेब्यू गरेकी बाराकी १४ वर्षिया युवा स्पिन अलराउन्डर सना प्रविनले पूरा प्रतियोगितामा २ इनिङ ब्याटिङ गर्दै २३ रन बनाएकी थिइन ।

उनको सर्वाधिक स्कोर लुम्बिनी प्रदेश विरुद्धको २१ रन हो । त्यस्तै स्पिन बलिङमा पनि उनले राम्रो टर्न पनि गराइरहेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here