थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

फाइल फोटो

काठमाडौं, २८ पुस । नेपालमा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here