‘केपी ओली जोक्कर हुन्,जी न्यूजको अन्तर्वार्ता नाटक नै हो’- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोक्करको संज्ञा दिएका छन्।

बुधबार प्रज्ञाभवनमा आयोजित नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित प्रचण्ड -नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई जोक्कर भनेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन् । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै भएको बताएका छन । उनले पहिलो नम्बरको अध्यक्ष माधव नेपाल भएको बताएका छन् ।

‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै हो । माधवजी एक नम्बर अध्यक्ष हो । केपी ओलीले माधव नेपाल प्रचण्डसँग मिल्न गयो भन्नुभयो । प्रचण्ड चाँही माधव नेपालसँग मिल्न गएको हो’, उनले भने ।

‘केपी ओली बैठकबाट भाग्ने भगौडा हो । यो प्रचण्डलाई खेद्ने कारण के पर्‍यो ? विदेशी आएर के–के मन्त्र सुनाए । जी न्यजको अन्तर्वार्ता नाटक नै हो । उहाँले भारत र आफ्नै पार्टीबाट हटाउन खोजे भन्नुभयो । हामीले हटाएनौं नि । तर, भारतको दबाबमा यसलाई तपाई के भन्नुहुन्छ केपीजी ? मैले भारतलाई भन्न खोजेको होइन ।

म भएको भए त्यति नै बेला राजीनामा दिइहाल्थें’, उनले भने, ‘पहिले पनि सरकार छोड्नुपर्यो भने कुर्सी भाँच्छु भन्नुभयो । तर, उहाँले संविधान, गणतन्त्र नै भाँच्नुभयो । सबै भाँचभुच पारेको छ ।

भाङ खाएर नाचेको जस्तो । निर्वाचन आयोग, सर्वोच्च अदालत पनि केही होइन । तानाशाहा जस्तो । कमिलाको प्वाँख उम्रिएपछि छिट्टै चिप्लिन्छ । उहाँ गणतन्त्र विरोधी हो । पोहोरबाट उहाँले पार्टी फुटाउन खोज्नुभयो । अहिले त उहाँले घरमै आगो लगाइदिनुभयो । सर्वोच्चमा सरी भनेर निवेदन दिनुभयो ।’

उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए । उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीइ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here