‘भागुम मायालु’ भन्दै आए गायक वसन्त विश्वकर्मा

प्रकाश समीर

काठमाडौं । युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत’ भागुम मायालु’ सार्वजनिक गरेका छन् ।

तनहुँका सर्जक तथा गायक वसन्तले सार्वजनिक गरेका गीत ‘भागुम मायालु’ मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिका बीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई प्रस्तुत गरिएको छ ।

समसामयिक विषयवस्तुलाई जोडेर तयार गरिएको प्रस्तुत गीतमा बसन्त विश्वकर्मा र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । बसन्त विश्वकर्माकै शब्द अनि संगीत रहेको गीतको एरेन्ज कृष्ण वि.क. भान्जाले गरेका हुन ।

भागुम मायालुको चलदृश्यमा सुनिसा बजगाई र दिप सागरले अभिनय गरेका छन् । बसन्त विश्वकर्माले नै निर्देशन गरेको भिडियोलाई करन चैसिरले खिचेका हुन । गीत वसन्त विश्वकर्माको आफ्नै अफिसिएल यूटुव च्यानलबाट बजारमा आएको छ । प्रत्यक्ष दोहोरीमा अब्बल गायक बसन्तका यस अघि ‘कुखुराको भाले’, ‘नौजाले’, लगायतका गीतहरु चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here