मेस्सी, स्वारेज र नेयमार तीनैजनालाई रेड कार्ड दिएका रेफ्री जेसस गिल

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गत आइतबार राति स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड पाए ।

फाइनल खेलको निर्धारित समय सकिएपछिको अतिरिक्त समयको अन्तिम समयमा एथ्लेटिकका भिलालिब्रेलाई खेलमा लडाएपछि मेस्सीलाई रेड कार्ड देखाईएको थियो । उक्त खेलमा बार्सिलोना ३-२ गोल अन्तरले पराजित भएको थियो ।

उक्त खेलमा मेस्सीलाई रेड कार्ड देखाउने रेफ्रि थिए जेसस गिल मन्जानो । मन्जानो बार्सिलोनाका खेलाडीको लागि खराब सावित हुँदै आएका छन् ।

मन्जानोले यसअघि पनि बार्सिलोनाबाटै फुटबल खेल्दै गर्दा नेयमार र लुइस स्वारेजलाई पनि रातो कार्ड देखाएका थिए ।

ब्राजिलियन स्टार नेयमारलाई २०१६–१७ को सिजनमा मन्जानोले नेयमारलाई रातो कार्ड दिएका थिए । ला लिगाअन्तर्गत मलागासँगको खेलमा डिएगो लोरेन्टेमाथि खराब ट्याकल गरेपछि नेयमारले रातो कार्ड पाएका थिए ।

यसैगरी उनले उरुग्वेका स्टार स्वारेजलाई पनि सोही सिजनमा रातो कार्ड देखाएका थिए । कोपा डेल रे अन्तर्गत बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको खेलमा स्वारेजलाई रातो कार्ड देखाएपछि मन्जानोको आलोचना पनि भएको थियो । धेरैले उनको निर्णय विवादास्पद भनेका थिए ।

मेस्सीले गत आइतबार राति पाएको रातो कार्ड बार्सिलोनाको सिनियर टोलीमा खेल्ने क्रममा पाएको पहिलोपल्ट रातो कार्ड हो । मेस्सीको खेल जीवनको भने यो चौथो रेड कार्ड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here