नेपाल लाइफको वार्षिक साधारण सभा माघ २८ गते, ५१ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं, ६ माघ । ने पाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ ।

कम्पनीले होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे बिसौँ वार्षिक साधारण सभा डाकेको छ। सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी ५० रुपैयाँ कायम गर्ने प्रस्ताव साधरणसभामा लैजाने भएको छ ।

अर्थात् यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपैयाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बनाउन लागिएको हो ।

यो प्रस्ताव साधारणसभा बाट पारित भएपछि सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यो प्रस्ताव सम्बन्धीत निकायबाट स्वीकृती पाएपछि मात्र लागू हुने कम्पनीले बताएको छ ।

सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेकोमा लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ। कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १४ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ ।

माघ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here