दुई दिनमा रानीपोखरीबाट ८ ट्रिपर लेउ हटाईयो

काठमाडौं । चौतर्फी बिरोध बढ्दै गएपछि काठमाडौं महानगरले रानीपोखरीको पानीमा जम्न थालेको हरियो लेउ र झ्याउ हटाउन थालेको छ ।

पुननिर्माणपछि चिटिक्क भएको पोखरीको पानीमा लेउ पर्न र झ्याउ पलाएपछि कुरुप बन्न थालेको थियो । पोखरीको सुन्दरतालाई यथावत् राख्न काठमाडौँ महानगरपालिकाले पोखरीको सरसफाई थालेको हो । यसका लागि नगर प्रहरीको टोली खटाइएको छ ।

‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल गरिरहेका छौँ ।’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्छन् ‘पुननिर्माणपछि रानीपोखरी महानगरलाई हस्तान्तरण भइसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’

नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार पोखरीको सफाइका लागि दैनिक २० जना नगर प्रहरी खटाइएको छ । दुई दिन ५० जना जनशक्तिले काम गर्दा करीब ८ ट्रिपर लेउ र झ्याउ झिकिएको छ ।

लेउ न्युनीकरण गर्ने औषधि र पानीको मात्रा बढाउने उपायका बारेमा प्राधिकरणसँग कुरा भइरहेको सापकोटाको भनाइ छ ।

यस अघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको हो ।

मानन्धर भन्छन्, ‘पानीको सतह घटेको छ । हामीले सुरुमा ५ फिट २ इन्चमा करीब ३ करोड २२ लाख लिटर पानी भरिएको थियो । अहिले सतह घटेर त्यहाँ करीब ३ फिट जति अर्थात् करीब २ करोड लिटर हाराहारीमा मात्रै पानी रहेको अनुमान गरेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here