शहिद लखन गाउँपालिकामा आँखा जाँच शिविर सञ्चालन, शल्यक्रिया निशुल्क

गोरखा । जिल्लाको शहिद लखन गाउपालिकाले सबै वडा र विद्यालयमा आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ ।

गोरखा लायन्स आई सर्जिकल सेन्टरको प्राविधिक सहयोगमा गाउँपालिकाले सबै वडाको स्वास्थ्य संस्था र ५ कक्षासम्मका विद्यार्थीहरुलाई लक्षित गरी आँखा जाँच शिविर सञ्चालन गर्न लागेको हो ।

माघ १४ गतेसम्ममा ९ वटै वडाका स्वास्थ्य संस्थामा पहिलो चरणको चरणको शिविर हुने र आगामी असारसम्म स्वास्थ्य संस्था र विद्यालयमा पालैपालो शिविर चलाईने गाउँपालिकाले बताएको छ ।

शिविरको क्रममा शल्यक्रिया गर्नुपर्ने भेटिएमा गोरखा लायन्स आई सर्जिकल सेन्टरमा निशुल्क शल्यक्रिया गर्ने व्यवस्था समेत गाउँपालिकाले गरेको छ । साथै अन्य स्थानमा शल्यक्रिया गरेपनि गाउँपालिकाले आधा खर्च व्यहोर्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here