टेलिग्रामबाट भिडियो कल कसरी गर्ने ?

काठमाडौं । ह्वाट्सएप कमजोरी आएसंगै धेरै मानिसहरु अडियो, भिडियो कलको लागि टेलिग्रामप्रति आर्कषित हुन थालेका छन् । टेलिग्रामले केही महिनाअघि मात्रै अडियो र भिडियो कल गर्ने सुविधा थपेको थियो ।

यदी तपाईंपनि टेलिग्रामबाट सहज रुपमा अडियो भिडियो कल गर्न चाहनुहुन्छ भने यी कुरामा ध्यान दिनुस् ।

यसरी गर्न सकिन्छ टेलिग्रामबाट अडियो भिडियो कल

सबैभन्दा पहिलो आफ्नो फोनमा भएको टेलिग्राम खोल्नुस् । यसपछि जो व्यक्तिलाई फोन गर्न लाग्नुभएको हो, यसको प्रोफाइलमा जानुस् ।

त्यहाँ तपाईंले फोन नम्बर र फोटो देख्न सक्नुहुन्छ । त्यसको दाहिने भागको माथि अडियो कल र भिडियो कलको अप्सन देखिन्छ ।

यसपछि अडियो कलको लागि अडियो कलको भागमा थिच्नुहोस् र भिडियो कलको लागि भिडियो कलको भागमा थिच्नुहोस् । भिडियो कलको लागि भने प्रयोगकर्ताले आएको अप्सनमा सहमति जनाउन पर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here