जनता जागिसके अब के.पी प्रवृत्तिलाई छुट दिदैनन् : प्रचण्ड

फाइलफोटो

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका पुष्पकमल दाहाल प्रचण्डले के.पी प्रवित्तिलाई जनताले छुट नदिने बताएका छन् ।

शुक्रबार काठमाडौमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान विपरित प्रतिनिधि सभा विघटन गर्ने के.पी प्रवृत्तिलाई जनताले छुट नदने बताएका हुन् ।

ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने पनि प्रचण्डले बताए ।

‘जनताले थाहा पाईसके के.पी प्रवृत्ति कस्तो छ भनेर’, प्रचण्डले भने, ‘जनताले यस्तो प्रवृत्तिलाई छुट दिँदैनन् ।’

अब केपी प्रवृत्ति प्रति उदार नहुने पनि उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here