वैदेशिक सहायता प्रतिवद्धता गत वर्ष भन्दा कम, फागुनसम्म १ खर्ब ७ अर्ब

काठमाडौं १४, जेठ । गत फागुनसम्म १ खर्ब ७ अर्ब १८ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्षको तुलनामा यस्तो प्रतिवद्धता घटेको हो । ०७४ फागुनसम्म कुल वैदेशिक सहायता प्रतिवद्धता १ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ थियो ।

यो वर्ष नेपालमा आएको वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान १२.६ र ऋणको ८६.४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिको कुल वैदेशिक सहायता प्रतिवद्धतामा अनुदानको अनुपात ४१.५ र ऋणको अनुदान ५८.६ प्रतिशत थियो । गत वर्षको तुलनामा अनुदानको अनुपात करिब २९ प्रतिशत विन्दुले घटेको छ ।

०७२ सालको विनासकारी भुकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि अनुदान आउने क्रम जारी रहेकाले गत वर्षसम्म अनुदानको हिस्सा धेरै थियो । यो वर्ष अनुदान आउने क्रम कम भएकाले कुल वैदेशिक सहायतामा अनुदानको हिस्सा पनि घटेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

गत फागुनसम्म अनुदान र ऋण गरी ५० अर्ब ४८ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको सर्वेक्षणले देखाएको छ । जसमध्ये अनुदान र ऋणको अनुपात क्रमशः १४.८ प्रतिशत र ८५.२ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here