स्पेनिस ला लिगा: मेस्सीविना बार्सिलोनाको सहज जित, तेस्रो स्थानमा उक्लियो

काठमाडौं, १२ माघ । सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे ।

मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस सुपर कपको फाइनलका दौरान मेस्सीले रातो कार्डको सामना गरेका थिए ।

रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका लियोनेल मेसी भने यस खेलमा उपलब्ध थिएनन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १९ खेलमा ३७ अंक भएको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको १८ खेलमा ४७ अंक रहेको छ ।

त्यस्तै एल्चेको भने १८ खेलमा १७ अंक रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here