गोरखा बजारबाट चोरी भएको मोटरसाइकल अबुवामा भेटियो

गोरखा । जिल्लाको सदरमुकामबाट आइतबार हराएका तिनवटा मोटरसाइकलमध्ये एउटा मोटरसाइकल भेटिएको छ ।

बा ८२ प ४४३८ नम्बरको २२० पल्सर मोटरसाइकल अबुवाबाट एक किलोमिटर भित्र शेरातर्फको सडकमा अलपत्र अवस्थामा भेटिएको प्रहरीले बताएको हो ।

उक्त मोटरसाइकल सहिद लखन गाउँपालिका ८ का सुरेश पुलामी मगरको रहेको प्रहरीले बताएको छ ।

गत आइतबार १ सरकारी सहित ३ वटा मोटरसाइकल चोरी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here