आरोहीलाई प्रधानमन्त्रीको ठट्यौली-‘म पनि ‘माउन्ट केटु’ गएको भए अझै धुमधाम हुन्थ्यो’

काठमाडौं १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्।

पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् ।

उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए माउन्ट केटु आरोहणमा आफू पनि जान सक्ने बताएका छन् ।

‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले ठट्यौली गर्दै भने, ‘अझ बढी धुमधाम हुन्थ्यो । तर त्यो दुस्साहस आफूले गरेको भए फर्केर आउँदिन थिएँ होला ।’

साथै, उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here