कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

फाइलफोटो

काठमाडौं, १३ माघ । प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यक्रम अनुसार माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलन गर्ने निर्णय गरेकोछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रभावकारी रुपमा विरोधका कार्यक्रम गर्न सकेको छैन।

सभापति अदालतको निर्णय मान्य हुने भन्दै चुप झैं देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल संघर्षका कार्यक्रम सहित आन्दोलित हुनुपर्ने पक्षमा देखिएका छन्।

यसअघि कांग्रेसले ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here