किन मानिसहरुले तपाईंलाई मन पराउदैनन् ? यस्ताे हुनसक्छ कारण

संसारमा कोही पनि मानिस सबैकुरामा राम्रो हुँदैन । हरेक मानिसको कुनै न कुनै कमजोरी हुन्छ ।

तर, पनि हाम्रा केहि यस्ता मित्र हुन्छन् जसले हाम्रो हरेक कदममा साथ दिन्छन् सहयोग र हौसला प्रदान गर्छन् ।

हरेककोे जिन्दगीमा यस्ता मानिसहरु हुन्छन् हामीलाई आफ्नो कमी कमजोरीको बाबजुद पनि माया र स्नेह दिन्छन् ।

यीनै मानिसको कारणले गर्दा हामीमा जस्तो सुकै मुस्किलको सामना गर्न सक्छौं भन्ने आत्मविश्वास पलाउँछ र मुस्किल परिस्थिती बाट बाहिर निस्कन संघर्ष गरिरहन्छौं ।

तर, हाम्रो जिन्दगिमा सबै सहयोगी र मनपराउने मानिस मात्रै हुँदैनन् । केहि मानिस यस्ता हुन्छन् जसले हामीलाई मन पराउदैनन् र घृणा गर्छन् । यी मानिसहरु सकेसम्म हामीलाई झुकाउन कोशिश गर्छन् ।

हाम्रो सफलता देखेर उनीहरु खुसी हुदैनन् र काममा बाधा ल्याउन सक्छन् । उनीहरुलाई देखेपछि हामी मलाई किन यति घृणा गर्छन् भनेर धेरै चोटी सोच्न बाध्य हुन्छौं ।

हरेक चीजको एउटा कारण हुन्छ । सायद तपाईंलाई घृणा गर्नु माथि पनि केहि न केहि कारण हुन सक्छ ।

१. कसैले तपाईंको सफलतामा रिस गर्छन्
धेरै मानिसहरुले तपाईंलाई घृणा गर्नुको कारण सफलता हुन सक्छ । तपाईंले आफ्नो काम सही ढंगले गर्नु भयो भने तपाईंलाई घृणा गर्ने मान्छे खोज्नु पर्दैन । तपाईंको सफलता कारण नै रिस गर्ने मानिस आउँछन् ।

२. तपाईंको पर्सनालिटी देखेर रिस गर्छन्
कुनै मानिसको पर्सनालिटी यस्तो हुन्छ उनीहरुलाई देख्न साथ सबैले मन पराउछन् । यदि तपाईंलाई धेरैले मन पराउछन् र प्यारो हुनुहुन्छ भने यस्ले गर्दा तपाईंलाई देखेर रिस र घृणा गर्ने मानिस पनि बढ्दै जान्छन् । यस्तो हुदा दुखी नभई आफ्नो काम निरन्तर रुपमा गर्नुहोस् ।

३. कसैको मन दुखाउनु भयो कि
धेरै पटक तपाईंले अन्जानमा कसैको मन दुखाएको हुनसक्छ । त्यो कुरामा तपाईंको ध्यान गएको पनि हुन्न तर, त्यही कुराले गर्दा उनीहरु तपार्इंलाई घृणा गर्न थाल्छन् ।

४. तपाईंको ध्यानाकर्षण गर्न चाहन्छन्
धेरै मानिसहरु तपाईले उनीहरुलाई ध्यान नदिएको कारण पनि घृणा गर्छन् । यस्ता मानिसहरु जानीजानी यस्तो गर्छन र तपाईंले उनीहरु प्रति ध्यान दिनुहोस् भन्ने चाहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here