रसायनिक मल खरिदको लागि ९ अर्ब

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रसायनिक मल खरिदको लागि ९ अर्व रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७६७७ को बजेटमार्फत सरकारले कृषकहरुलाई रसायनिक मलको कमी हुन नदिन चालु आर्थिक वर्षको तुलनामा ५० प्रतिशत रकम वृद्धि गरेको अर्थमन्त्रीले बताए ।

बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले आलु र प्याजमा आत्मनिर्भर बन्नको लागि प्रभावकारी कार्यक्रम ल्याउने पनि बताए ।

साथै, सरकारले कृषि आधुनिकीकरणको लागि ८ अर्ब १० करोड रकम विनियोजन गरेको छ ।

सरकारले समग्र कृषि क्षेत्रको लागि ६४ अर्ब ८० करोड रकम विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here