आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए

काठमाडौं, ३० माघ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को अनुसार सन् २०२१ को लागि सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् ।

आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप अटाएका छन् ।

अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए ।

तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् ।

अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।

सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here