महिला लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गरेको हो ।

निष्काशन भएको कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here