यस्ता खानेकुराले बढाउछ बच्चाको स्मरण शक्ति

काठमाडौं । हाम्रो शरीरको सबै अङ्गहरुलाई मस्तिष्कले नियन्त्रण गर्ने गर्छ । मस्तिष्कले नै सबै अङ्गहरुलाई के के गर्ने भनेर सन्देश पठाउँछ जसले गर्दा अङ्गहरुले राम्रो सँग काम गर्न सक्छ ।

त्यसैले मानिसको मस्तिष्कले राम्रोसँग काम गरेन भने शरीरका अन्य अङ्गहरुले पनि राम्रो सँग काम गर्न सक्दैनन् । बच्चालाई अध्ययनमा सफल बनाउन र उनीहरूको स्मरण शक्ति तेज बनाउनको लागि उनीहरुलाई स्वस्थ र पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ ।

यदि तपाईं आफ्नो बच्चाको स्मरण शक्ति बढाउन चाहनुहुन्छ र ठिक समयमा ठिक निर्णय गर्न सक्ने बनाउन चाहनुहुन्छ भने तपार्ईंले निम्न खाद्यपदार्थहरु आफ्नो बच्चालाई खुवाउनुपर्छ । यसले मस्तिष्कलाई तेज बनाउँछ ।

स्मरणशक्ति बढाउन सहयोग गर्ने खाद्यपदार्थ

१. ओखर

ओखरमा धेरै पोषक तत्व पाईन्छ जस्ले हाम्रो मस्तिष्कलाई स्वस्थ राख्छ । यसमा पाइने भिटामिन ई, कपर, म्याग्नीज फाइबर आदि जस्ता पोषकतत्वले मस्तिष्कको शक्ति बढाउन मद्दत गर्छ । त्यसैले आफ्नो बालबच्चालाई ओखर खुवाउनुहोस् ।

२. बेरी

बेरीमा पाइने फ्लेवोनोइड्स एक शक्तिशाली एन्टीअक्सीडेन्ट हो । यसले मस्तिष्कको कोषलाई बलियो बनाउछ र स्मरणशक्ति बढाउन मद्दत गर्छ । त्यसैले बच्चालाई स्ट्रबेरी, ब्लूबेरी, ब्लाकबेरी, रसबेरी आदि फलफूल खुवाउनुहोस् ।

३. हरियो सागसब्जी

हरीयो सागसब्जी जस्तै पालुङ्गो, ब्रोकाउली, बन्दागोभी, आदीमा भिटामिन के, फोलेट र बेटा क्यारोटिन जस्ता पोषण तत्व पाईन्छ । त्यसैले यस्ता खानेकुरा नियमित खाएमा स्मरणशक्ति बढाउँछ ।

४. फर्सीको बियाँ

फर्सीको बियाँमा जिंक पाईन्छ । जिंक हाम्रो मस्तिष्कको लागि एक अत्यावश्यक पोषक तत्व हो जस्ले स्मरणशक्ति बढाउनका साथै स्वस्थ राख्छ । यसमा म्यानेशियम र ट्रिप्टोफेन पनि पाइन्छ ।

५. अन्डा

अन्डामा कोलिन र कोलेस्ट्रोल पाईने गर्छ जस्ले दिमागको न्यूरोट्रान्समिटर र सेल्स मेम्ब्रेन्सको निर्माणमा मद्दत गर्छ । साथै यस्मा ब्रेन-प्रोटेक्टिव एन्टीअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । त्यसैले बच्चाको दिमाग तेज बनाउनको लागि यी कुराहरु नियमित रुपमा खान दिनुहोस् ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here