नेपाल टेलिकमको खुद नाफा ३ अर्ब २८ करोड

काठमाडौं, ३० माघ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

सार्वजनिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३३.४० प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्रीबापतको आम्दानी पनि १.७४ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीका यस्तो आम्दानी १७ अर्ब ७२ करोड रुपैयाँमात्र छ। गत वर्ष यस्तो आम्दानी १८ अर्ब ३ करोड रहेको थियो।

कम्पनीको अन्य आम्दानी पनि २६.६५ प्रतिशतले घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी ३ अर्ब ८८ करोड रुपैयाँ थियो।

कम्पनीको रिजर्भको आकार बढेर ८० अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here