नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं, ३० माघ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि स्थगित भएको छ।

कोभिड-१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो । सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन्।

त्यस्तै आइसीसीसीले आगामी अप्रिलमा हुने पपुवा न्यूगिनी,ओमान र स्कटल्यान्डको खेल पनि स्थगित गरेको छ। यसै गरी पपुवा न्यूगिनी, अमेरिका र नामिबियाको खेल पनि स्थगित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here