सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ ।

बिहिबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ घट्दै प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढ्यो । शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here