खेलकुदमा ३ अर्ब ९९ करोड, मुलपानी क्रिकेट मैदानलाई १० करोड

काठमाडौं, १५ जेठ । सरकारले बजेटमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रकम बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत काठमाडौंको मुलपानीमा निर्माणाधिन क्रिकेट मैदानको लागि १० करोड रकम विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताएका हुन् ।

देशभर क्रिकेट मैदान निर्माणलाई नेपाल सरकारले ध्यान दिने समेत अर्थमन्त्रीले घोषणा गरे ।

सबै प्रदेश र स्थानीय तहमा रंगशाला, खेलमैदान निर्माण गरिने पनि बजेट भाषणमा अर्थमन्त्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here