प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन शुरु, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाउन शुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतको फैसला पढेर सुनाउँदैछन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका रिट निवेदकहरुलाई पनि सर्वाेच्चमा बोलाइएको छ । संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वाेच्चमा रिट दायर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here