टीएमएसमा समस्या, निफ्राको सेयर मूल्य १०० प्रतिशत घटेको देखायो

काठमाडौं, १२ फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणालीमा समस्या देखिएको छ ।

बुधबार बजार खुलेको कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा केहि बेरमै अनलाइन प्रणाली (टीएमएस) समस्या देखिएको हो । समस्या देखिएसँगै बजार ८२ अंकले घटेको देखाएको छ भने निफ्राको सेयर १०० प्रतिशतले घटेको देखाएको छ ।

नेप्सेको नियम अनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एक कारोबार दिनमा बढीमा १० प्रतिशतभन्दा घट/बढ हुन नपाउने व्यवस्था छ ।

कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो । ११ बजेर १९ मिनेटसम्म २.३६ अंकले बढेको देखाएको नेप्से इन्डेक्स ११ बजेर २१ मिनेटमा रिफ्रेस गर्दा ८२ अंकले घटेको देखायो ।

बजार चलिरहेका बेला अचानक गलत तथ्यांकहरु देखिन थाले पछि लगानीकर्ता अन्यौलमा परेका थिए । बजार सूचक, कम्पनीको से यर मूल्य, खरिद बिक्री आदेश मूल्य लगायत सबै तथ्यांकमा समस्या आएकाले निफ्राको कारोबार केही समयका लागि स्थगन गरिएको र समस्या समाधान हुना साथ कारोबार सुचारु गराउने बताइएको छ ।

अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here