नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार स्थगित

काठमाडौं, १२ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार स्थगित भएको छ ।

निफ्राको सेयर बिक्रीका लागि एउटै मूल्यमा आएको अधिक कारोबार चापले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएको भन्दै कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

एउटा कम्पनीको सेयर कारोबारमा आएको समस्याले समग्र कारोबार प्रणालीमा नै समस्या आएको भन्दै केही समयका लागि निफ्राको सेयर कारोबार स्थगित गर्दै अरु कम्पनीको सेयर कारोबार सुचारु गराइएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंको सेयर १०० प्रतिशत ऋणत्मक देखाएको छ । नेप्सेको नियम अनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एक कारोबार दिनमा बढीमा १० प्रतिशतभन्दा घट/बढ हुन नपाउने व्यवस्था छ ।

नेप्सेको टीएमएसमा समस्या आउँदा निफ्राको अर्डर नै राख्न नमिल्ने भएको छ भने सेयर मूल्य १०० प्रतिशतले घटेको देखाइएको छ । पछिल्लो समय तीव्र माग रहँदै आएको बैंकको सेयर मूल्य आज करिब ५ प्रतिशतले घटेर ५६४ रुपैयाँमा कारोबार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here