इदमा सार्वजनिक बिदा दिने सरकारकाे घोषणा

काठमाडाैं, १६ जेठ । सरकारले मुस्लिम धर्माबलम्बीहरुको महत्वपूर्ण चाड इद उल फित्रमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मुस्लिमहरुले धुमधामका साथ मनाउने चाड इद उल फित्रकाे अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबार जानकारी दिए ।

मुस्लिम समुदायले इदमा दिँइदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेर मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गर्दै आएका थिए ।

इदको बिदा भने मुस्लिम आयोगको सिफारिसमा हुनेछ। चन्द्रमा देखिने आधारमा जेठ २२ गते वा २३ गते विदा हुनसक्ने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here