प्रचण्डलाई वामदेवको प्रस्ताव, पार्टी एकतामै जोड दिऔं

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

नेकपा एकता अभियानमा लागेका नेता गौतम बिहीबार बिहान प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास (खुमलटार) पुगेका हुन्।

खुमलटारमा गौतमले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका स्रोतले जनाएको छ । उनले संसद पुनःस्थापना भइसकेकाले पार्टी एक भएर जानुपर्ने बताएका थिए ।

उपाध्यक्ष गौतमले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अगाडि बढ्न प्रचण्डलाई सुझाव दिएका छन् । उनले सचिवालय बैठक बोलाउन पनि प्रचण्डलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीसँग एकता सम्भव नभएको जवाफ दिएका थिए ।

नेता गौतमले हिजो (बुधबार) मात्र विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनामा दिन तथा उनी र प्रचण्ड दुवै अध्यक्षलाई धुम्बाराहीमा पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here