फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, १४ फागुन । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतले १३ दिन भित्र बैठक बोलाउन आदेश गरेके थियो ।

आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेकी थिइन्।

तर उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले ११ गते संसद पुनर्स्थापना गरिदिएको थियो। राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेपछि बैठक बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here