नेपालको अर्थतन्त्रको वृद्धिदर -१.९९ प्रतिशतले ऋणात्मक

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर -१.९९ प्रतिशतले घटेको छ ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा वार्षिक आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो ।

विभागले सन् २०१०/११ लाई आधार वर्ष मानेर गरेको विश्लेषण अनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान थियो ।

चालु आवको पहिलो त्रैमासको वृद्धिदर पनि घटेको छ । यो अवधिमा अर्थतन्त्र -४.६ प्रतिशत कायम भएको छ ।

कोभिड १९ को असर सबैभन्दा बढी आवास तथा भोजन, यातायात तथा भणडार क्षेत्रमा परेको छ ।

भुकम्पको समय अर्थात आर्थिक वर्ष सन् २०१५/१६ मा नेपालको आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here