महालक्ष्मी लाईफको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

आज काठमाण्डौको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नं. ३ का सम्पुर्ण शाखा/उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएकी थिईन् ।

तालिममा ३ नं. प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here