कोपा डेल रे : फाइनलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दै, यस्तो छ इतिहास

काठमाडौँ । यस सिजनको कोपा डेल रे को फाइनलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्ने पक्का भएको छ ।

गएराती सम्पन्न खेलमा लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गर्दै एथलेटिक बिल्बाओ समग्रमा ३-२ को नतिजा निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

यसअघि बार्सिलोनाले सेभिल्ला विरुद्ध समग्रमा ३-२ को जित निकाल्दै फाइनल प्रवेश गरिसकेको थियो । फाइनल खेल अप्रिल १७ मा हुदै छ ।

यस्तो छ इतिहास

कोपा डेल रे को इतिहासमा बार्सिलोना यो सहित ४२औ पटक फाइनलमा पुग्दा ३० पटक उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ ।

त्यस्तै एथलेटिक बिल्बाओ कोपामा बार्सिलोनापछि धेरै टप उपाधि जित्ने टिम हो । एथलेटिकले अहिलेसम्म ३८ पटक फाइनलमा पुगेर २३ पटक उपाधि जितेको छ भने १४ पटक उपविजेता बनेको छ ।

बार्सिलोना र एथ्लेटिक बिल्बाओ कोपा डेल रे मा अहिलेसम्म ४२ पटक खेलिसकेका छन् । जसमा बार्सिलोनाले २३ पटक जित निकालेको छ र एथ्लेटिक बिल्बाओले १३ पटक जित निकालेको छ । त्यस्तै, ६ खेल बराबरीमा रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here