चीनको निर्यात ६० प्रतिशत बढ्यो, दुई महिनामै १०३ बिलियन डलरको व्यापार

काठमाडौं । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको निर्यात व्यापार ६०.६ प्रतिशतले बढेको छ ।

त्यहाँको भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जनवरी–फेब्रुअरीभित्र निर्यात ६०.६ प्रतिशत बढेको हो ।

यस समयमा चीनको आयातमा पनि वृद्धि भएको छ । तथ्यांक अनुसार त्यहाँको आयात २२.२ प्रतिशत बढेको छ ।

सन् २०२० मा चीनको व्यापार निकै निराशाजनक रहेको थियो । सन् २०२१ को सुरुवाती महिनामा पनि निर्यात करिब ३९ प्रतिशतमात्रै बढेको आंकलन गरिएको थियो ।

तर, आकलनभन्दा झन्डै दोब्बरले चीनको व्यापारमा उभार देखिएको हो । चीनले गत दुई महिनामै १०३.२५ बिलियन डलर बराबरको व्यापार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here