‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् । सार्वजनिक भएको उक्त पोस्टरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् ।

झरना थापाको निर्देशन रहेको यो फिल्मको छायाङ्कन लकडाउनअगाडि ५० प्रतिशत सकिएको थियो भने बाँकी छायाङ्कन यही फागुन २७ गतेबाट सुरु हुने बताइएको छ ।

निर्माण टिमले महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा फिल्म प्रदर्शनमा आउन लागेको हो । फिल्ममा सुनिलकुमार थापाको लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here