अरुण भ्याली हाइड्रोलाई हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं, २५ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितापत्र बोर्डले मंगलबार अरुणलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।

कम्पनीले यसअघि नै हकप्रद सेयर जारी गर्न मुक्तिनाथ क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here