स्वस्थ मुटुको लागि दैनिक खानुहोस् तोरीको तेल

काठमाडौं । भान्सामा दैनिक रुपमा तरकारी पकाउनेदेखि अन्य विभिन्न प्रयोजनको लागि प्रयोग हुने तोरीको तेलमा स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसमा हुने विभिन्न प्रकारका तत्वहरुले मुटलाई निकै फाइदा पुर्याउछ ।

तोरीको तेललाई दुखाइ निवारकको रूपमा पनि प्रयोग गर्न सकिन्छ । तर, आजकाल रिफाइन्ड तेलको प्रयोग बढेसँगै तोरी तेल प्रयोग गर्ने मानिसहरूको सङ्ख्या घट्दै गएको छ । तोरीको तेलमा पाइने मोनोस्याचुरेटेड फ्याट (मुफा), पोलिअनस्याचुुरेटेड फ्याट ९पुफा०को उच्च मात्रा र स्याचुरेटेड फ्याटको कम मात्राका कारण तेल मुटुको धमनीको भित्तामा गएर टाँसिदैन ।

साथै, यसमा हुने ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिडले मुटुको धमनीमा हुने चापलाई घटाएर सुन्निने समस्या हुन दिँदैन । तोरीको तेलले शरीरमा भएको खराब कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ । जसकारण तोरी तेलको सेवनले मुटु रोगको खतरालाई कम गरी मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अल्फा लिनोलेनिक एसिडले हर्ट अट्याकको जोखिमलाई पनि कम गर्छ । साथै, तोरीको तेलको सेवनले रक्तचाप, स्ट्रोकको जोखिमलाई पनि कम गर्ने अध्ययनले देखाएको छ । तोरी तेलको सेवनले पाचन प्रणालीमा सुधार ल्याएर खाना पचाउन मद्दत गर्नुका साथै ग्यास्ट्रिक, अपच तथा कब्जियतको समस्या हुन दिँदैन । तोरी तेलको सेवनले तौल घटाउनसमेत मद्दत गर्न सक्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here