यी हुन् चाडपर्व फोटो प्रतियोगिताका उत्कृष्ट ५ फोटो

काठमार्डौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट गरिएकोे छ ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत पठाउन आह्वान गरिएको थियो ।

कूल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ ।

विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here