मेस्सी भन्छन् ‘विश्वकप नजिते सन्यास लिन्छु’

काठमाडौं । लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

मेस्सीले अर्जेन्टिनी टीभीसँगको अन्तवार्तामा यस्तो बताएका हुन् । ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ’ उनले भने । साथै रुसमा ब्राजिलमा जस्तै खेलेर उपाधि जित्न सपना भएको जानकारी दिए ।बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन् । सजले गर्दा उनको आलोचना पनि हुने गर्छ ।

त्यसो त यसअघि २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर, फेरि टिममा फर्किएका छन् ।

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here