तौल कम गर्न ग्रिन टि कि ब्ल्याक कफी ?

काठमाडौं । स्लिम शरिर धेरैको चाहना हुन्छ । तौल घटाउनका लागि अधिकांश मानिसहरू ग्रिन टि वा ब्ल्याक कफी पिउन रुचाउँछन् । दुवै पेय पदार्थ क्यालोरीमा उच्च हुने अन्य चिया र कफीभन्दा राम्रो मानिन्छ ।

ग्रिन टि र ब्ल्याक कफीमा क्यालोरीको मात्रा कम हुन्छ । साथै, दुवैमा हुने एन्टिअक्सिडन्टले मेटाबोलिजलाई बढावा दिन र फ्याट–बर्न प्रक्रियालाई वृद्धि गरेर तौल घटाउन मद्दत गर्छ । तर, दुईमध्ये कुन पेय तौल घटाउन र समग्र स्वास्थ्यका लागि उत्तम हो भनेर जान्नु हरेकको चासोको विषय हो ।

ग्रिन टि र ब्ल्याक कफीका तौल घटाउने वाहेक अन्य धेरै स्वास्थ्य लाभ हुन्छन् । दुवैले समान प्रकार तौल घटाउने प्रक्रिया गर्ने हुँदा दुवैलाई तौल घटाउने मानिसले सेवन गर्न सक्छन् । तर, समग्र स्वास्थ्य लाभको आधारमा तुलना गर्दा ग्रिन टिको सेवन गर्नु एक उत्तम विकल्प हो । यस चियाको पातमा अधिक एन्टिअक्सिडन्ट र पौष्टिक तत्व हुन्छ जसले आन्तरिक प्रणालीलाई असङ्ख्य तरिकामा मद्दत गर्छ ।

ग्रिन टि ले फ्याट सोस्नुका साथै तौल घटाउने, कोलेस्ट्रोल घटाउने, टाइप २ मधुमेह तथा मुटुको समस्याको जोखिम कम गर्ने, अल्जाइमरको जोखिम कम गर्न सहयोग पुर्याउँछ । ग्रिन टि वा ब्ल्याक कफी जुन पिए पनि यसलाई ठिक्क मात्रामा पिउनुपर्छ । यी दुवै पेय पदार्थमा क्याफिन हुन्छ र एक दिनमा दुई कपभन्दा बढी पिउनु हुँदैन ।

अत्यधिक क्याफिनको सेवनले निद्रामा बाधा पु¥याउनुका साथै मुटुको स्वास्थ्यमा हानि पु¥याउँछ । साथै, कुनै पेय पदार्थ वा केही खानाले मात्र तौल घटाउन सकिँदैन । तौल घटाउनका लागि समग्र जीवनशैलीको परिवर्तनको गर्न जरुरी हुन्छ । छिटो तौल घटाउनका लागि स्वस्थ खाना खानु, समयमा सुत्नु, पर्याप्त निद्रा पुर्याउनु र व्यायाम गर्नु जरुरी हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here