कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड, ६१ जनाको आवेदन रद्द

काठमाडौं, ५ चैत । कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ । कुमारी क्यापिटलले निष्काशन गरेको इक्वीटी फण्डको इकाई बिहीबार बाँडफाँड गरेको हो ।

क्यापिटलले गत फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमा माग भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले माघ १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको थियो । उक्त फण्डमा ९४ हजार ७९४ जनाले आवेदन दिएका थिए । जसमध्ये ९४ हजार ७३३ जनाले रितपूर्वक आवेदन दिएका थिए ।

रितपूर्वक आवेदन दिनेमध्ये सर्बसाधारणबाट ९४ हजार ६६१ जनालाई ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ वटा संस्थालाई ५ करोड ३९ लाख २२ हजार ३०० इकाई बाँडफाँड गरिएको हो ।

यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २० लाख इकाईसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड पाएका छन् ।

२० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात २५ लाख इकाईदेखि ५० लाख इकाईसम्म माग गरेका आवेदकलाई कूल १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको छ ।

यससँगै, २५ लाखदेखि ५० लाखइकाईसम्म आवेदन दिने प्रत्येक ७ जनाले २४ लाख ०६ हजार ६७० इकाई हात पारेका छन् । त्यस्तै, दोहोरो आवेदन दिने ६१ जना आवेदकको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here