ठूलो खोला जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने, नेतृत्वमा नेपाल बैंक

काठमाडौं, ५ चैत । नेपाल बैंकको नेतृत्वमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाले ठूलो खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।

आयोजनामा ती बैंक तथा वित्तीय संस्थाले २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँ लगानी गर्न लागेका हुन ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय बाणिज्य बैंकद्वारा ६६ करोड, सिद्धार्थ बैंकद्वारा ६४ करोड तथा सनराईज बैंकद्वारा ४७ करोड गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको बित्तिय प्रबन्ध गरिएको हो ।

यसकालागि आयोजना र बैंकबीच सम्झौता भइसकेको छ ।

यसका लागि सम्झौतापत्र ऋणीका तर्फबाट संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा.बद्री के.सी. तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि.नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहकाबीच हस्तान्तरण गरेका छन् ।

यसको क्षमता २१.३ मेगावाट रहेको छ । उक्त अवसरमा सहभागी सम्पूर्ण र्बैक तथा वित्तीय संस्थाका नायब/सहायक प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य उच्चस्तरीय पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

सम्झौता कार्यक्रममा अध्यक्ष डा. केसीले यस आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरुले तिब्रताका साथ गरेको कार्यको सह्राना गर्दै सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको बिचार ब्यक्त गरे ।

उनले निमार्ण कार्यलाई चुस्त दुरुस्त पारी यस ठूलो खोला जलबिद्युत आयोजनालाई नमुनाको रुपमा समय र कम लागतमा निमार्ण गर्ने दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here